मोटरसाइकलले ठक्कर दिएको बदला लिन हत्या, स्वीकार्दै भण्डारीले लेखे– ‘आइकिल्ड फोर पिपल’

काठमाडाैं | भदौ ३१, २०८०

मोटरसाइकलले ठक्कर दिएको बदला लिन हत्या, स्वीकार्दै भण्डारीले लेखे– ‘आइकिल्ड फोर पिपल’

काठमाडौं:  काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए ।

 

उ​नका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए ।

 

घटनाक्रम...

केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए ।

 

ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।

 

कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए ।

 

 मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ ।

 

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।

 

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए ।

 

आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए ।

 

सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले  पक्राउ गरेको हो ।  

 

पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए ।

 

उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’

 

भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।
 

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे...

थप पढ्नुहोस्

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्